मेयर साहद्वारा ५० परिवारलाई ३० हजारका दरले चेक हस्तान्तरण
रौतहट । मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले ५० जना परिवारलाई जनही ३० हजारको दरले चेक हस्तान्तरण गरेकी छन् । रीना मेयर भएदेखि नै नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।
जसअनुसार नगरपालिकाले गरिब समुदायका महिलाहरुको बिहेवारीमा परिवारलाई जनही ३० हजार रुपैयाँ अनुदान सहयोग गर्दै आएको हो । सोही कार्यक्रम अनुसार बिहीबार ५० जनाका परिवारलाई रू ३० हजारको दरले अनुदान रकमको चेक हस्तान्तरण गरिएको साहले जानकारी दिइन् ।
एक बिशेष समारोहबीच चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरुले खुसी व्यक्त गरेका थिए ।
मेयर साहको पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गरेको नगरपालिकाले जनाएको छ । हालसम्म यो कार्यक्रमबाट सयौँ लाभान्वित भइसकेका छन् । यसैगरी नगरपालिकाले जनतासँग जोडिएर अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण