पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन
रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । पूर्व राजालाई शाहलाई आज स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो ।
अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी र परिवारसहित सहभागी भएका छन् । अभिनन्दन कार्यक्रममा विभिन्न ठाउँबाट स्वतःस्फूर्त रूपमा सहभागी भएका नागरिक तथा विभिन्न सङ्घ संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका छन् ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति भैरहवाका संयोजक डा.रामप्रसाद बस्यालले जनताले राजालाई मुलुकको अभिभावकको रूपमा चाहेको बताए । देशको अवस्था धेरै बिग्रिएको बताउँदै उनले राजालाई सम्मानजनक रूपमा देशको नेतृत्वमा रहेको जनताले हेर्न चाहेको बताए । अभिनन्दन समारोहमा ‘राजा आऊ, देश बचाउ’ भन्ने लगायतका नारा लगाइएको थियो ।
शाहलाई यसअघि नवलपरासीको बर्दघाटमा पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण