सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमी शशाङ्कसँग इन्गेजमेन्ट गरिन् पूर्वमिस नेपाल अश्मीले

बिहीबार, १९ पुस २०८०, २१ : २६
बिहीबार, १९ पुस २०८०

काठमाडौँ । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले आफ्नो प्रेमी शशाङ्क लाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

अश्मीले सामाजिक सञ्जाल इन्सटाग्राममा एक भिडियो सेयर गर्दै आफूले प्रेमी शशाङ्कको प्रस्ताव स्वीकार गरेको जानकारी दिएकी छन् । शशाङ्क अमेरिकामा बस्दै आएका छन् ।

अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप