शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हर्कको निम्तामा धरान पुगे बालेन

शुक्रबार, २० पुस २०८०, १५ : ०४
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह धरान पुगेका छन् । मेयर शाह शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगेका हुन् । मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रुपमा निमन्त्रणा गरेका थिए । 

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री व्यस्तताका कारण धरान आउन नसक्ने जानकारी दिएपछि मेयर सम्पाङ आक्रोशित बनेका थिए । 

काठमाडौँ महानगरपालिका मेयर शाह र धरान उपमहानगरपालिका मेयर सम्पाङबिच सुरु देखि नै सहयोग आदान प्रदान हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप