आईसीसी टी–२० विश्वकप : नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स
काठमाडौँ । नेपाली टोली यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । प्राप्त समाचारअनुसार उक्त समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
टी–२० विश्वकप आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका र क्यानडा रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेको समाचारमा जनाइएको छ ।
प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार समूहमा विभाजन गरिएको हो । आफ्नो समूहमा रहेका प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । प्रतियोगिताको नवौँ संस्करणमा कुल ५५ वटा खेल खेलिने छ । प्रारम्भिक चरणको समाप्तिपछि प्रत्येक समूहबाट दुई–दुईवटा टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा पुग्नेछन् ।
‘सुपर आठ’ चरणमा पुग्ने आठवटा टोलीलाई पनि दुई—दुई समूहमा विभाजन गरिने छ । ‘सुपर आठ’ चरणको समाप्तिपछि दुवै समूहमा सबैभन्दा माथि रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल खेल खेलाइने छ ।
इङ्ल्यान्ड टी—२० विश्वकपको साविक विजेता हो । सन् २०२२ मा खेलिएको आठौँ विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । इङ्ल्यान्ड र वेस्ट इन्डिजले हालसम्म दुई—दुई पटक टी—२० विश्वकपको उपाधि जितेका छन् ।
यसका अतिरिक्त भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले पनि एक—एक पटक टी—२० विश्वकपको उपाधि चुमिसकेका छन् । यसअघि नेपालले पनि एकपटक टी—२० विश्वकप खेलिसकेको छ । नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली प्रारम्भिक चरणबाटै घर फर्किएको थियो । नेपालसँगै सन् २०१४ मा यूएई र हङ्कङले पनि टी—२० विश्वकपमा ‘डेब्यू’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण