पाकिस्तानमा १२४ वर्षदेखि बाँधिएको एउटा रुख
इस्लामावाद । पाकिस्तानको पेशावरमा एउटा यस्तो रुख छ, जुन रुख सवा एक शताब्दीदेखि नेलमा बाँधिएर बसेको छ । रुख पक्राउ परेको छ भन्दा ठिक होला कि । सो रुखलाई एक बेलायती अफिसरले सन् १८९९ मा सजाय स्वरुप बाँधेका हुन् ।
जेम्स स्कुईड नाम गरेका ती बेलायत अधिकारी रक्सीको नसामा चुर थिए । तोरखान सीमानजिकको लंडी कोटर नाम गरेको सो शहरमा स्कुईडले इतिहासकै अनौठो पक्राउको आदेश दिए । आफू जति–जति नजिक आयो उति उति रुख टाढा भागेको भन्दै रुखसँग झोक फेर्न ती अधिकारीले रुखलाई फलामको मोटा मोटा सिक्रीमा बाँध्न आदेश दिए । त्यसयता रुख जन्जिरमा छ ।
रुखमा ठोकिएको काठको चेप्टो टुक्रामा यो घटनासम्बन्धी रोचक कथा पनि लेखिएको छ । ‘म पक्राउ परेको छु ।’ काठको टुक्रामा भनिएको छ । यस रुखलाई पयर्टकहरु पनि हेर्न आउँछन् । यो देखेर उनीहरुलाई हाँसो उठ्न सक्छ । तर स्थानीय बासिन्दाका लागि भने रुख स्थानीयमाथि बेलायती शासकहरुले गरेको दमन अनि अत्याचारको प्रतीक हो । धेरैले यसलाई नाङ्गलो ठोकेर हात्ती तर्साउने तरिकाको रुपमा हेरेका छन् । यसको अर्थ स्थानीयहरुले ब्रिटिस राज विरुद्ध केही गर्न खोजे भने रुखलाई जस्तै गरी उनीहरुलाई पनि दण्डित गर्नेछ भन्ने रहेको एक स्थानीयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण