शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको 'क्लिन स्वीप'

शनिबार, २१ पुस २०८०, ०९ : ०२
शनिबार, २१ पुस २०८०

काठमाडौँ । पाकिस्तानसँगको तीन खेलको अन्तर्राष्ट्रिय टेस्ट शृङ्खलामा अस्ट्रेलियाले ’क्लिन स्वीप’ गरेको छ । सिड्नीमा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया ८ विकेटको जित निकाल्न सफल भएको हो । 

पहिलो र दोस्रो टेस्ट जितेको अस्ट्रेलियाले तेस्रो टेस्टमा पनि जित हात पार्दा टेस्ट च्याम्पियनसिपको साइकलमा ठुलो फाइदा भएको छ । पहिलो पारिमा पाकिस्तानले ३१३ रन बनाएको थियो ।

अस्ट्रेलियाले पहिलो पारिमा २९९ रन बनाएपछि १४ रनको अग्रता लिएको पाकिस्तानको दोस्रो पारि उत्कृष्ट रहेन । जम्मा ११५ रनमा समेटिन पुग्यो । 

१२९ रनको अग्रताका साथ दोस्रो पारि सकाएको पाकिस्तानबाट अस्ट्रेलियाले १३० रनको लक्ष्य पायो । उक्त लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

यसैगरी संन्यास घोषणा गरेर अन्तिम टेस्ट क्रिकेट खेलेका डेभिड वार्नर ५७ रन बनाएर आउट भए ।

अस्ट्रेलियाका लागि मार्नस लावुसेनले नटआउट पारि खेल्दै सहज जित दिलाए । दुवैले नटआउट अर्धशतक प्रहार गरे । 

लाभुसेनले नटआउट ६२ रन बनाए । स्टेभन स्मिथ ४ रनमा नटआउट रहे । ओपनर उस्मान ख्वाजा भने खाता नै नखोली आउट भएको थिए । पाकिस्तानका साजिद खानले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप