२० वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छ : अध्यक्ष मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अटो मोबाइललाई पनि राम्रो हुने र वातावरणमा पनि असर नहुने भएकाले २० वर्ष पुरानो सवारीसाधन सबै उपत्यकाबाट हटाउनुपर्ने बताए । उनले १६ औं पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने र आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।
‘अहिले विशेष गरी अटो मोबाइललाई पनि हुने र हाम्रो वातावरण पनि असर नहुने यो २० वर्ष पुरानो गाडी सबै यो भ्यालीबाट हटाउनुपर्छ । कुनैकुनै त हामी जन्मिएको सालदेखिका पनि छन् । यसलाई अलि डेकोरेशन गरेर राख्न सक्नुपर्छ । हाम्रो मुलुकमा जुन तरलताको कुरा छ, अर्को वर्ष १६ औं पञ्चवर्षीय आउँदैछ’ उनले भने, ‘त्यो पञ्चवर्षीय योजनादेखि हामीले एउटा पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने, आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने कुरा होस् । सरकारी सेवा आम जनताप्रधान गरेर टाइम बाउण्ड एक्शन प्लान गरेर सरकारले सेवा प्रदान गर्नुपर्छ । छक्याउने काम गर्नुभएन ।’
अध्यक्ष मल्लले सरकारी सेवा आम जनताप्रधान बनाउन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण