बंगलादेशमा चुनावको २ दिन अगाडि हिंसा : रेलमा आगजनी, ४ जनाको मृत्यु
ढाका । शुक्रबार राति करिब ९ः३० बजे बेनापोलबाट ढाका जाँदै गरेको यात्रुवाहक रेलमा आगजनी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको बंगलादेशको दमकल सेवाले जनाएको छ । र्यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले घटनास्थलमा पत्रकारहरूलाई अहिलेसम्म रेलभित्रबाट चारजना शव निकालिएको छ।
ढाकाको कमलापुर रेलवे स्टेसन पुग्नुअघि राति गोपीबाग खाचा बजार क्षेत्रमा उक्त घटना भएको अग्नि नियन्त्रण कक्षले जनाएको छ । रेलका केही डिब्बामा आगलागी देखिएको र रेल त्यहाँ रोकिएपछि स्थानीयले आगो निभाउने प्रयास गर्न थालेको बताइएको छ । केही समयमै दमकलका टोली त्यहाँ पुगेका थिए ।
यो घटना देशमा आम निर्वाचनको मतदान सुरु हुनुभन्दा करिब ३५ घण्टा अगाडि भएको हो । ढाका महानगरीय प्रहरी अतिरिक्त आयुक्त महेदुद्दीनले आगलागीबाट रेलका तीनवटा डिब्बामा क्षति पुगेको बताए ।
मोइनले भने, ‘यो आगजनी सुनियोजित हो भन्ने प्रष्ट छ। यस घटनाको उद्देश्य मानिसलाई डराउने र उनीहरूको सामान्य जीवन बिगार्नु हो। जसले यस्तो गरेको छ, उसलाई कानुनको दायरामा ल्याइनेछ।’ उनले यस घटनाको रेलवे अधिकारी र गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण