ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता
ललितपुर । नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ ।
आज शनिबार ललितपुरमा सम्पन्न चुनावी साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश सांसद दीपक कोइराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्व सम्मत चयन गरेको हो । यस्तै सदस्यहरूमा युवराज सुनुवार, सिर्जना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमितिका सदस्यहरूलाई राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ अधिकृत ज्योति राईको नेतृत्वमा अधिकृत वासुदेव निरौला र सहायक प्रथम राजेश बहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटीले प्रमाण पत्र वितरणका साथै गोप्यताको शपथ ग्रहण गराएका थिए ।
संघको आजै सम्पन्न बैठकले संघको विधान बमोजिम सदस्यहरू मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनीत गरेको छ । यस्तै उपाध्यक्षमा गण्डकी प्रदेश सांसद प्रकाश बराल, सुजिता बराल, सदस्यहरूमा गोपाल बहादुर बमजन, पुष्प रत्न बज्राचार्य, अमृत गुरुङ र प्रदेशबाट नेतृत्व गर्ने गरी बागमती प्रदेशबाट ज्ञान कृष्ण प्रजापति, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनीत गरेको छ । हाल संघले गठन गरेको चार प्रदेश मध्ये लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ ।
यस्तै प्रदेश संघका कार्यसमिति अध्यक्षहरू संघको पदेन सदस्य रहने विधानमा प्रावधान रहेको छ ।
यसै गरी संघको बैठकले विभिन्न कमिसन समेत गठन गरेको छ । जसमा रचना सिंहको अध्यक्षतामा रेणुका देवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिसन, डा. सुशन वैद्यको अध्यक्षतामा एन्टी डोपिङ्ग कमिसन, डा. प्रेम वैद्यको अध्यक्षतामा डा. नमिता श्रेष्ठ र डा. उमेश पराजुली सदस्य रहेको मेडिकल कमिसन, शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिसन र पुष्प रत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिसन समेत गठन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण