५ पटक मन्त्री बनेका पोखरेलको यस्तो छ सम्पत्ति विवरण
काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा खोटाङको समावेशी गाउँपालिका वडा नंबर २ मा २ कित्ता जमिन रहेको उल्लेख छ ।
जसमा २६ रोपनी रहेको छ ।
शिक्षामन्त्रीद्वारा १० बुँदे मार्गचित्र घोषणा
पोखरेलले एउटा कित्तामा १२ रोपनी, २ पैसा र अर्को कित्तामा १० रोपनी १४ आना २ पैसा १ दाम देखाइएको छ ।
चन्द्रकुमारी पोखरेलको नाममा रहेको उक्त जग्गा मन्त्री पोखरेलले पैतृक सम्पत्ति भएको जनाएका छन् ।
पोखरेल योसँगै पाँच पटक मन्त्री भइसकेका छन् ।
यस्तै इन्भेष्टमेन्ट बैंक पुल्चोक शाखाको खातामा रहेको खातामा ३ लाख ६७ हजार मौज्दात रहेको उनले उल्लेख गरेका छन् । यस्तै नेपाल बंगलादेश बैंकको खातामा पनि १३ हजार ९९३ मौज्दान रहेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यस्तै रुपाकोट सामुदायिक रेडियो खोटाङमा रु ५ हजारको सेयर रहेको पनि उल्लेख गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण