सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

डिसी क्षेत्रमा गायक सज्जन राज वैद्यले  प्रस्तुति  दिने

आइतबार, २२ पुस २०८०, ०६ : ५६
आइतबार, २२ पुस २०८०

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको  फिल्मोर सिल्भर स्प्रिंग डिसी क्षेत्रमा गायक सज्जन राज वैद्यको एकल प्रस्तुति हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार तयारी पुरा भएको र सबैलाई कार्यक्रममा उपस्थितिको लागि आह्वान गरेका छन् ।

उनले टेक्सस र न्यूयोर्कमा बेजोड प्रस्तुति दिई अत्यन्तै सफलतापूर्वक सम्पन्न गरी युवा गायक वैद्य डिसी क्षेत्र आई पुगेका छन् । गत जनवरी ४ र ५ का दिन उनका  प्रशंसक, शुभचिन्तक, प्रायोजक, दर्शकहरूले उनलाई बाल्टिमोर र मानसमा भेट गरे।

उनले सबैलाई भेट दिँदै छोटो कुराकानी गर्नुको साथै सबै सँग तस्बिर खिच्ने र केही सम्झनाको लागि दर्शक र प्रशंसकहरूलाई कुनै चिजमा दस्तखत समेत गरे । अधिकांशले उनीसँग स्वयमको तस्बिर खिचाउनुको साथै टिकटक र रिलको लागि समेत छोटो श्रव्य दृश्य समेत लिएका थिए ।

आज जनवरी ६ का दिन हुने कार्यक्रम उत्साहजनक दर्शकको अपेक्षा गरिएको छ । गायकले भेटघाटमा दर्शक, आफ्ना प्रशंसक र सबैसँग अत्यन्तै राम्रो र खुलेर   व्यवहार गरेका थिए । व्यस्त समयको बाबजुद सबैसँग हर्षित मुद्रामा कुराकानी समेत गरेका थिए। भर्जिनियाको मनासस र मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भेटघाटको लागि नै कार्यक्रमको आयोजना गरिएको थियो ।

डिसी क्षेत्रको सिल्भर स्प्रिंगमा हुने उक्त कार्यक्रमको मुख्य टाइटलका मुख्य प्रायोजक रियल्टर विशाल कार्की हुन् । अहिले सम्म डिसी क्षेत्रमा सम्पन्न भएका सबै कार्यक्रम मध्ये कै सज्जन राज वैद्यको कार्यक्रम उच्च राशिको हो ।

SAJJAN 2

सिल्भर स्प्रिंग मेरिल्याण्ड स्थित फिलमोर सिल्भर स्प्रिंगमा आयोजना हुने उक्त कार्यक्रम स्थलको क्षमता २,००० रहेको छ । सज्जन राज वैद्यलाई स्पोटीफाईमा २०२३ को सर्वाधिक लोकप्रिय कलाकारको सूचीमा शीर्ष स्थानमा रहेको देखाएको छ ।

घुमिफिरी यात्रा नामक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा सज्जन राज वैद्यले सबै वर्गलाई त्यतिकै समेट्ने देखिएको छ भने अझ युवा वर्गले उनलाई अत्यधिक रुचाएकाले उनको कार्यक्रम अत्यधिक सफल हुने देखिएको छ ।

PRAKRITI

यस कार्यक्रमको लागी टिकट मास्टर डटकम मार्फत लिन सकिने छ भने टिकट दर १०३ डलर तथा भिआइपीलाई १४५ डलर राखिएको छ ।

यसै गरी ढोका बेलुका ६ बजे खुल्ने छ भने कार्यक्रम ७ः३० बजे सुरु हुने छ । कार्यक्रम करिब २ घण्टाको प्रस्तुति रहने छन् ।

HO

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप