बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मजदुरी गर्न भारत गएका नेपालीको मृत्यु, शव ल्याउन सहयोगको अपिल

आइतबार, २२ पुस २०८०, १२ : १९
आइतबार, २२ पुस २०८०

सिरहा । भारतको पञ्जाबस्थित सेलर मिलमा काम गरिरहेका एक जना नेपालीको मृत्यु भएको छ । बडियारपट्टी गाउँपालिका–३ नवटोलीका पन्चा कामतको मृत्यु हो ।

तर आर्थिक अभावका कारण भारतबाट शव ल्याउन नकस्दा उनका परिवार थप पीडामा परेका छन् । बिहीबार साँझसम्म घर परिवारसँग कुराकानी गरेका कामतको मृत्यु कसरी भयो सो खुल्न नसकेको परिवारले बताएका छन् ।

बिहान बेलुका छाक टार्न मुस्किल भइरहेको बेला बुवाको शव कसरी ल्याउने भन्ने चिन्तामा परेको कामतका छोरा नथुनी कामतले बताए । उनले स्थानीय सरकारसँगै सहयोगी हातहरूलाई बुवाको शव ल्याउनमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

चार छोरी र एक छोरा रहेका कामत परिवारको गुजाराको लागि पाँच महिना अघि ठेकेदारको साथ लागेर भारत गएका थिए । कामतको मृत्यु खबरपछि ठेकेदार समेत फरार रहेको परिवारजनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप