मजदुरी गर्न भारत गएका नेपालीको मृत्यु, शव ल्याउन सहयोगको अपिल
आइतबार, २२ पुस २०८०, १२ : १९
सिरहा । भारतको पञ्जाबस्थित सेलर मिलमा काम गरिरहेका एक जना नेपालीको मृत्यु भएको छ । बडियारपट्टी गाउँपालिका–३ नवटोलीका पन्चा कामतको मृत्यु हो ।
तर आर्थिक अभावका कारण भारतबाट शव ल्याउन नकस्दा उनका परिवार थप पीडामा परेका छन् । बिहीबार साँझसम्म घर परिवारसँग कुराकानी गरेका कामतको मृत्यु कसरी भयो सो खुल्न नसकेको परिवारले बताएका छन् ।
बिहान बेलुका छाक टार्न मुस्किल भइरहेको बेला बुवाको शव कसरी ल्याउने भन्ने चिन्तामा परेको कामतका छोरा नथुनी कामतले बताए । उनले स्थानीय सरकारसँगै सहयोगी हातहरूलाई बुवाको शव ल्याउनमा सहयोग गर्न अपिल समेत गरेका छन् ।
चार छोरी र एक छोरा रहेका कामत परिवारको गुजाराको लागि पाँच महिना अघि ठेकेदारको साथ लागेर भारत गएका थिए । कामतको मृत्यु खबरपछि ठेकेदार समेत फरार रहेको परिवारजनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण