टिमो वेर्नर ऋणमा टोटनह्याम आउने
आइतबार, २२ पुस २०८०, १२ : ३९
लन्डन । टोटनह्यामले टिमो वेर्नरलाई आरबी लेइपजीगबाट ऋणमा अनुबन्ध गर्ने भएको छ । क्लबसँग सिजनको अन्त्यमा उनलाई पूर्णरुपमा अनुबन्ध गर्ने विकल्प पनि रहेको बताइएको छ ।
२७ वर्षीय फरवार्ड मेडिकलका लागि लन्डन आइपुग्नेछन् । सहमति अनुसार बाँकी सिजनका लागि उनको तलब टोटनह्यामले बेहोर्नेछ । यसअघि सन् २०२० मा उनी लेइपजिगबाट ४.५ करोड पाउन्डमा अर्को प्रिमियर लिग क्लब चेल्सीसँग अनुबन्ध भएका थिए । क्लबका लागि ८९ खेलमा २३ गोल गर्दै उनी सन् २०२२ मा लेइपजिग नै फर्किएका थिए ।
यो सिजन जर्मन फरवार्डले बुन्डेसलिगामा १४ खेलमा दुई गोल गरेका छन् । लेइपजिगका म्यानेजर मार्को रोसले पनि वेर्नर टोटनह्याम जाने पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण