सिट बाँडफाँटमा क्लस्टर मिलाउन माओवादी आन्तरिक छलफलमा
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलहरूबिच सिट बाँडफाँटमा सहमति भएपश्चात् क्लस्टर मिलाउनका लागि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले भागबन्डा मिलाएको हो ।
जसअनुसार कांग्रेसले १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादीले २ र जसपाले एउटा सिट पाउने सहमति भएको थियो । ६ सिटमध्ये माओवादी केन्द्रले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक/एक सिट पाएको छ ।
क्लस्टर मिलाउनका लागि आन्तरिक छलफल भइरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । क्लस्टरमा सहमति भएपछि पदाधिकारी बैठकले उम्मेदवार टुङ्ग्याउने उनले बताए ।
‘केही प्रदेशमा क्लस्टर मिलेको छैन । त्यसका लागि आन्तरिक छलफल भइरहेको छ । त्यसपछि पदाधिकारी बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउँछौँ’, उनले भने । गठबन्धन बैठकको सहमतिअनुसार माओवादी केन्द्रले कोशीमा साबिक सिट नै पाएको छ ।
मधेसमा एक सिट पनि पाएको छैन । बागमतीमा अपाङ्ग, दलित र अन्य गरी चार सिट रहेकोमा दलहरूबिच सहमति भएको छैन ।
बागमती, गण्डकी र कर्णालीमा कुन दलले कुन सिट पाउने भन्नेमा कुरा मिलेको छैन । यी तीनै प्रदेशमा एकीकृत समाजवादीले समेत दाबी छाडेको छैन ।
सहमतिबाट मिलाउने प्रयास भइरहेको पौडेलले बताए । यस्तै लुम्बिनीमा माओवादीले अन्य एक सिट पाएको छ । माओवादीले यसअघि सुदूरपश्चिममा पाएको अपाङ्ग र अन्य एक सिट छोडेर महिला सिटमा सहमति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण