टिकट लिएर हिँडे सिटौला, बागमती र कर्णालीमा विवाद

काठमाडौँ । नेपाली कांग्रेसको कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर विराटनगर फर्किएका छन् । पार्टी कार्यालयबाट बाहिरिनु अघि उनले शेखर कोइरालालाई भेटेर बाहिरिएका छन् ।
त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटिसकेको छ । बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको छ । तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत कि काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने विषयमा नेताहरूबिच विवाद देखिएको छ । संस्थापन बस्नेतको पक्षमा रहेको छ भने बानियाँको पक्षमा महामन्त्री गगन थापा देखिएका छन् । बागमतीमा महिलातर्फ विष्णुदेवी पुडासैनी र उमा दाहालको नाम चर्चामा छ ।
गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाम लगभग टुङ्गिएको अवस्था छ । अधिकारी तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट कास्कीको जिल्ला सभापति थिए । तर, गोपालमान श्रेष्ठले पनि आफ्नो दाबी छाडेका छैनन् । प्रदेशबाट अल्पसङ्ख्यक/अपाङ्ग शेखर पक्षलाई दिइएको छ ।
लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने चर्चा भए अहिले इतर पक्षबाट विष्णु सापकोटा आउन सक्ने सम्भावना छ । उता कर्णालीमा विवाद देखिएको छ । खुल्ला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया नाम चर्चामा छ भने इतर पक्षले भूपेन्द्र जंग शाहीको नाममा अडान लिएको छ ।
सुदूरपश्चिमममा खुल्लाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम चर्चामा छ । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’
-
रवि लामिछाने र छविलाल जोशीको निवेदनमा सुनुवाइ भएन
-
नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री