टिकट लिएर हिँडे सिटौला, बागमती र कर्णालीमा विवाद
काठमाडौँ । नेपाली कांग्रेसको कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर विराटनगर फर्किएका छन् । पार्टी कार्यालयबाट बाहिरिनु अघि उनले शेखर कोइरालालाई भेटेर बाहिरिएका छन् ।
त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग सहमति जुटिसकेको छ । बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको छ । तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत कि काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई उम्मेदवार बनाउने विषयमा नेताहरूबिच विवाद देखिएको छ । संस्थापन बस्नेतको पक्षमा रहेको छ भने बानियाँको पक्षमा महामन्त्री गगन थापा देखिएका छन् । बागमतीमा महिलातर्फ विष्णुदेवी पुडासैनी र उमा दाहालको नाम चर्चामा छ ।
गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाम लगभग टुङ्गिएको अवस्था छ । अधिकारी तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट कास्कीको जिल्ला सभापति थिए । तर, गोपालमान श्रेष्ठले पनि आफ्नो दाबी छाडेका छैनन् । प्रदेशबाट अल्पसङ्ख्यक/अपाङ्ग शेखर पक्षलाई दिइएको छ ।
लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने चर्चा भए अहिले इतर पक्षबाट विष्णु सापकोटा आउन सक्ने सम्भावना छ । उता कर्णालीमा विवाद देखिएको छ । खुल्ला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया नाम चर्चामा छ भने इतर पक्षले भूपेन्द्र जंग शाहीको नाममा अडान लिएको छ ।
सुदूरपश्चिमममा खुल्लाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम चर्चामा छ । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण