प्रतिस्पर्धात्मक जितसँगै बार्सिलोना कोपा डेल रेको प्रिक्वार्टरफाइनलमा
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा पुगेको छ । बार्सिलोना आइतबार राति सम्पन्न खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी बारबास्त्रोमाथि ३–२ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
चौथो डिभिजनको क्लब बारबास्त्रोको मैदानमा खेलिएको उक्त खेलमा बार्सिलोनाले निकै सङ्घर्ष गर्नु परेको थियो । बार्सिलोनाले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल सुरु भएको १८औँ मिनेटमा फर्मिन लोपेजले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।
निर्धारित समयको ५१औँ मिनेटमा राफिन्हाले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । खेलको ६०औँ मिनेटमा बारबास्त्रोका लागि एड्रिया डी मेसा गारिडोले पहिलो गोल गरेका थिए । ८८औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३–१ ले अगाडि बढाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा बारबास्त्रोका लागि मार्क प्राट सेरानोले दोस्रो गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण