डिबालाको गोलले हारबाट जोगियो रोमा
काठमाडौँ । इटालियन सिरिए फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेलमा एटलान्टा र एएस रोमाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । उपाधि होडमा केही पछि परेका यी दुबै टोली आगामी सिजनको च्याम्पियन्स लिगको दौडमा छन् ।
खेलको प्रारम्भमै लिएको अग्रता जोगाउन नसक्दा भ्रमणकारी टोली एटलान्टाले रोमासँग अंक बाँड्नु परको थियो । खेल सुरु भएको सातौँ मिनेटमा एटलान्टाका लागि नेदरल्यान्ड्सका मिडफिल्डर कुपमिनर्सले गोल गरेका थिए ।
खेलको ३९औँ मिनेटमा रोमाका लागि अनुभवी अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले जवाफी गोल फर्काएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि भने दुबै टोलीबाट थप गोल हुन सकेन ।
हालसम्म १९ खेल खेलेको एटलान्टा ३० अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । एटलान्टाले नौ जित, तीन बराबर र सात हारको नतिजा निकालेको छ । समान खेल खेलेको रोमा भने २९ अंकसहित तालिकाको आठौँ स्थानमा छ । रोमाले आठ जित, पाँच बराबर र ६ हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण