बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा बोरामा भेटिएको दुई शवको सनाखत

सोमबार, २३ पुस २०८०, १२ : २४
सोमबार, २३ पुस २०८०

काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

मृतकहरूको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । मृतक दुवै जना भारतीय हुन् । चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप