चितवनमा बोरामा भेटिएका दुई जनाको शवको स्केच सार्वजनिक
काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

शव पहिचानका लागी जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत स्केच सार्वजनिक गरेको हो । ७७ वटै जिल्ला प्रहरी कार्यालय र सीमावर्ती भारतीय इलाकाहरूमा समेत हुलिया परिपत्र गर्दा मृतकहरूको सनाखत हुन नसकेको हुनाले स्केच सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए । डिएसपी पण्डितले भने–‘विशेषज्ञहरूको सहयोगमा तयार गरिएको स्केच सार्वजनिक गरेका छौँ, स्केचबाट आफन्त र चिनजानका मानिसहरूमार्फत शवको सनाखत गर्न सहयोग पुग्ने विश्वास छ ।’
प्रहरीले मृतकहरूले लगाएको कपडाको विवरण पनि सार्वजनिक गरेको छ । सडे गलेको अवस्थामा भेटिएका शवको पहिचान गर्न सहयोग गरिदिन प्रहरीले ‘विशेष आग्रह’ गरेको छ । आफ्नो चिनजानका महिला र पुरुष सम्पर्कमा नआएको भए जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५५०९०१३३ र ९८५५०९०४२२ मा सम्पर्क गरेर शवको सनाखत गर्न प्रहरीले सहयोग मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण