बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट : ५ जनाको मृत्यु, १४ घाइते

सोमबार, २३ पुस २०८०, १४ : २२
सोमबार, २३ पुस २०८०

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमवार प्रहरीको गाडी नजिकै भएको बम विस्फोटमा पाँच प्रहरीको मृत्यु भएको छ ।  घटनामा कम्तीमा १४ जना घाइते भएको उद्धार र प्रहरी अधिकारीहरूले बताएका छन् । 

प्रदेशको बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी बम विस्फोटक पदार्थ प्रहार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको प्रहरीले जनाएको छ । 

घटना लगत्तै, उद्धार टोलीसहित प्रहरीको ठुलो टोली सो क्षेत्रमा पुगेको र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हालेर वरपरका क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप