नेप्से सूचक ३६ अंकले बढ्यो : चारवटा कम्पनीको मूल्यमा सर्किट !
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३६ अंकमाथिले वृद्धि भएको छ । अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३७७.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ३.७२ प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोपावर समूहको उपसूचक २.८१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक २.६१ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५६ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२८ प्रतिशतले बढेका छन् ।
यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक १.६० प्रतिशतले बढ्दैगर्दा आज माइक्रोफाइनान्स समूहको उपसूचक १.१७ प्रतिशतले, निर्जीवन बीमा समूह १.४२ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ । बैंकिङ समूहको उपसूचक आज ०.५९ प्रतिशतले बढेको छ । तर म्युचुअल फन्डको उपसूचक भने आज ०.०१ प्रतिशत (झिनो) ले घट्न पुगेको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा यता आजै मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारको सुरु मूल्य ३०९ रुपैयाँ पाएको थियो ।
सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशूली जलविद्युत कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट (१० प्रतिशत मूल्य वृद्धि ) लागेको छ ।
३६ अंकले नेप्से सूचक बढेको यस दिन ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरका १ करोड ३७ लाख ९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण