राष्ट्रियसभा उम्मेदवार चयनप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसले गरेको राष्ट्रियसभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजर अन्दाज गरिएको बताए ।
मुलुकको संविधानले समेत हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने ब्यवस्था गरेपनि त्यसविपरित कांग्रेसले उम्मेदवार चयन गरेको उनको भनाइ छ । महासचिव राईले पटकपटक अवसर पाएका व्यक्तित्वलाई दोहोर्याई तेहर्याई राष्ट्रिय सभा जस्तो बौद्धिक वर्गको उपस्थिति रहने स्थानमा अवसर दिनु न्यायसंगत नभएको बताए ।
उनले भने, ‘हामी समावेशी उम्मेदवार चाहन्थ्यौँ । यहाँ श्रम क्षेत्र, श्रमिकको आवाज बोल्ने र सहयोगी हुने व्यक्तित्वलाई पाखा लगाइएको छ । पार्टीले फेरि एकपटक श्रमिकलाई बेवास्ता गरेको महसुस गरेका छौँ।’
मुलुकलाई आवश्यक पर्दा हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेका ट्रेड युनियनलगायत पेशाकर्मी, बौद्धिक वर्गको राष्ट्रिय सभामा उपस्थिति बन्चित गराइएको बताए ।
प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनसम्म अहम भूमिका खेल्ने पक्ष राष्ट्रिय सभाबाहिर राखिनु आफैमा दुःखद भएको महासचिव राईको भनाइ छ । सिंगो पार्टीले अवसर नपाएका श्रमिकलाई उपेक्षाप्रति ट्रेड यूनियनको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण