सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट भित्रियो ३८ करोडको दालमोट, ४ करोडको निर्यात

मङ्गलबार, २४ पुस २०८०, १० : १८
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०-८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो ।

यस अवधिमा १३ लाख ६८ हजार किलोग्राम दालमोट, नमकिन र भुजिया आयात भएको छ । यसबापत राज्य कोषमा २० करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ । विश्वभरका ३७ वटा मुलुकबाट दालमोट, नमकिन र भुजिया आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ ।

तर, भारतबाहेक सबैजसो मुलुकबाट न्यून मात्रामा आउने गरेको छ । जबकि, भारतबाट यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको तथ्याङ्क छ । यस्तै, नेपालबाट समेत न्यून मात्रामा यी वस्तुको निर्यात हुने गरेको छ ।

यस अवधिमा नेपालबाट ४ करोड ६२ लाख रुपैयाँको दालमोट लगायतका वस्तुको निर्यात भएको छ । तथ्यांकअनुसार यी वस्तुको व्यापारमा नेपाललाई ३४ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप