विदेशबाट भित्रियो ३८ करोडको दालमोट, ४ करोडको निर्यात
काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०-८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो ।
यस अवधिमा १३ लाख ६८ हजार किलोग्राम दालमोट, नमकिन र भुजिया आयात भएको छ । यसबापत राज्य कोषमा २० करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ । विश्वभरका ३७ वटा मुलुकबाट दालमोट, नमकिन र भुजिया आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ ।
तर, भारतबाहेक सबैजसो मुलुकबाट न्यून मात्रामा आउने गरेको छ । जबकि, भारतबाट यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको तथ्याङ्क छ । यस्तै, नेपालबाट समेत न्यून मात्रामा यी वस्तुको निर्यात हुने गरेको छ ।
यस अवधिमा नेपालबाट ४ करोड ६२ लाख रुपैयाँको दालमोट लगायतका वस्तुको निर्यात भएको छ । तथ्यांकअनुसार यी वस्तुको व्यापारमा नेपाललाई ३४ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण