हिमालय एअरलाइन्स् बन्यो ‘आईओएसए’मा दर्ता हुने पहिलो नेपाली वायुसेवा
काठमाडौँ । हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’मा दर्ता भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । गत २८ डिसेम्बरमा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले एअरलाइन्सलाई ३ मार्च २०२५ सम्म मान्य हुने गरीे आईओएसए प्रमाणीकरण गरेको हो ।
‘हिमालय एअरलाइन्स् प्रा.लि आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान अनुसार आईएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ’, प्रमाणपत्रमा लेखिएको छ ।
हिमालय एअरलाइन्स्का लागि आईओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्ने कम्पनीको भनाइ छ ।
हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्ने बताए । उनले भने, ‘हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौँ ।’
यस्तै उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले भनिन्, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालय एअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित आईओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण