दुई दिनमा ५६ अंक बढ्यो नेप्से, साढे १० अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । पछिल्लो दुई दिनको अवधिमा सेयर बजार परिसूचक ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपनि त्यसयता निरन्तर उच्च अंकले बढेको हो ।
आइतबार २६ अंकले घटेको परिसूचक हिजो सोमबार ३६ अंकले बढेको थियो । यस्तै, आज २० अंकले बढेर बन्द भएको हो । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो ।
हिजो सोमबार नेप्से ३६ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । हिजो र आजको कारोबार रकम जोड्दा १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढी हुन्छ । आज परिसूचक २० अंकले बढ्दा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।
अन्तिममा २०८० अंकमा आइपुगेर बन्द भएको नेप्से कारोबार समयमा २०९७ अंकसम्ममा पुगेको थियो । कारोबार अवधिमा उच्च अंक छोएपनि अन्तिममा २०८० मा आइपुगेको हो । १ प्रतिशतले सूचक बढेको दिन आज १६५ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर छ ।
यसक्रममा आज नेप्सेमा ६ अर्ब ११ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ भने १ करोड ७९ लाख कित्ता सेयर किनबेच भएको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
परिसूचक दोहोरो अंकले बढेपनि तीन समूहको सूचकमा गिरावट आएको छ । जलविद्युत समूहको सूचक ११ अंकले घट्दा उत्पादनमूलक समूहको सूचक २ र म्यूचुअल फण्ड समूहको सूचक ०.०२ अंकले घटेको छ । यसबाहेक विकास बैंक समूहको सूचकमा २०६ अंकको वृद्धि आएको छ ।
यस्तै, होटल र पर्यटन समूहको सूचकमा १५२ अंकको वृद्धि आउँदा जीवन बीमा समूह १०१ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण