हजबुल्लाहका कमान्डर इजरायली आक्रमणमा मारिएको दाबी
लेबनान । लेबनानको समूह हजबुल्लाहले आफ्नो एक कमान्डर हमलामा मारिएको जानकारी दिएको छ । उक्त हमला इजरायलले गरेको उनीहरूको आशङ्का छ ।
रादवान समूहका सदस्य रहेका विसाम ताविल पछिल्लो द्वन्द्वमा मारिने हजबुल्लाहका शीर्ष कमान्डर हुन् । यस विषयमा इजरायलले कुनै प्रतिक्रिया नदिए पनि उसले लेबनानबाट भएको आक्रमणको जवाफमा हजबुल्लाहका निशानाहरूमा हमला गरेको स्वीकार गरेको छ ।
पछिल्लो संघर्षले सो क्षेत्रमा द्वन्द्व फैलिने चिन्ता व्यक्त गर्न थालिएको छ । हजबुल्लाह इरानसमर्थित समूह हो । लेबनानमा उसको सशक्त राजनीतिक र सैन्य उपस्थिति रहेको छ । यो समूहलाई इजरायल, बेलायतसहित पश्चिमा राष्ट्रहरूले आतंकवादी संगठन करार गरेको छ ।
गत अक्टोबर ७ देखि प्यालेस्टाइन र इजरायलबिच सुरु भएको द्वन्द्वपछि यस समूहका लडाकुहरूले दैनिक रूपमा आफ्नो सीमा क्षेत्रमा इजरायली सैनिकहरूमाथि गोलाबारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण