वाणिज्य विभागले गर्यो तीन पसललाई कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएपछि आर्थिक कारबाही गरिएको हो ।
विभागले १० पसलमा गरेको अनुगमनबाट ३ पसलले विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार छाउनीको किराना पसललाई २० हजार जरिवाना तिराइएको छ । यो पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।
यस्तै, यस्तै, छाउनीकै अर्को किराना पसललाई समेत २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत खरिद बिलबिजक नराखेको पाइएको विभागले जनाएको छ । यसबाहेक, कुपण्डोलको रेडिमेड तथा थान कपडा पसललाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत अन्य दुई पसलको जस्तै बिलबिजक नराखेको पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय