वाणिज्य विभागले गर्यो तीन पसललाई कारबाही
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने तीन व्यापारिक पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएपछि आर्थिक कारबाही गरिएको हो ।
विभागले १० पसलमा गरेको अनुगमनबाट ३ पसलले विभिन्न बहानामा उपभोक्ता ठगेको पाइएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार छाउनीको किराना पसललाई २० हजार जरिवाना तिराइएको छ । यो पसलले खरिद बिलबिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।
यस्तै, यस्तै, छाउनीकै अर्को किराना पसललाई समेत २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत खरिद बिलबिजक नराखेको पाइएको विभागले जनाएको छ । यसबाहेक, कुपण्डोलको रेडिमेड तथा थान कपडा पसललाई १० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यो पसलले समेत अन्य दुई पसलको जस्तै बिलबिजक नराखेको पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण