जागरण अभियान चलाउने राजेन्द्र महतोको तयारी, तयार गरे दुईवटा दस्ताबेज
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
लोसपामा असन्तुष्ट उनले छुट्टै अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । उनले सुरुमा मधेसमा अभियान सञ्चालन गर्ने र त्यसपछि नयाँ पार्टी बनाउने योजना बनाएको बताइएको छ । त्यसका लागि दस्ताबेज समेत तयार गरिसकेको उनी निकट स्रोतको भनाइ छ ।
नेता महतो निकट स्रोतका अनुसार उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ र ‘अब के गर्ने रु’ भन्ने शीर्षकमा दुई वटा दस्ताबेज तयार गरिसकेका हुन् । ती दुई दस्ताबेज लिएर उनी मधेसमा जाने बताइएको छ ।
मधेसमा आन्दोलनको अझै आवश्यकता रहेको र त्यसको तयारी थाल्ने गरी उनी अभियानमा निस्कन लागेको बताइन्छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीलाई आफूखुशी चलाएको आरोप महतोको छ । केन्द्रीय समिति तथा पदाधिकारी बनाउँदा थुप्रै नेताहरूलाई बाहिर राखेको र त्यसलाई सच्याउने प्रतिबद्धता जनाए पनि नसच्याएको गुनासो नेता महतोको रहेको छ ।
आन्दोलनमा लागेका नेता तथा कार्यकर्तालाई जन्म कैदको फैसला सुनाए पनि लोसपाका अध्यक्ष महन्थ ठाकुरले केही नगरेको गुनासो नेता महतोको रहेको छ । यसरी नेता तथा कार्यकर्तालाई जेल नै हाल्न थालेपछि नेता महतोले अध्यक्ष ठाकुरलाई सरकारबाट फिर्ता हुन समेत आग्रह गरेका थिए ।
तर अध्यक्ष ठाकुरले सरकारबाट फिर्ता हुनु कता हो कता उल्टै गठबन्धन सरकारलाई निरन्तरता दिने विज्ञप्ति जारी गरेको गुनासो नेता महतोको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण