चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी सैनिकलाई जेल सजाय
वासिङ्टन । चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको स्वीकार गरेका अमेरिकी नौसेनाका एक सैनिकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । २६ वर्षीय वेनहेङ जाओले गत अक्टोबरमा घूसको बदलामा चिनियाँ गुप्तचर संस्थालाई सूचना चुहाएको स्वीकार गरेका थिए ।
झाओ क्यालिफोर्नियाको नौसेनाको बेसमा पेटी अफिसरका रूपमा कार्यरत थिए । अमेरिकी अधिकारीहरूका उनले सन् २०२१ देखि २०२३ को बिचमा चीनलाई अमेरिकी सेनाको सैन्य अभ्यास, आन्तरिक निर्देशन र भौतिक पूर्वाधारको बारेमा सूचना दिएका थिए ।
उनले विशेष रूपमा इन्डो प्यासेफिक क्षेत्रमा अमेरिकी नौसेनाले गर्ने सैन्य अभ्यासको बारेमा जानकारी चुहाएका थिए । त्यस्तै, उनले जापानको ओकिनावा टापुमा रहेको अमेरिकी सैन्य बेसको राडार सिस्टमको बारेमा पनि सूचना चिनियाँ पक्षलाई दिएका थिए ।
ओकिनावामा रहेको अमेरिकी सैन्य बेसलाई एसिया क्षेत्रमा अमेरिकी अप्रेसनका लागि संवेदनशील मानिन्छ । पछिल्ला वर्षहरूमा अमेरिकाले इन्डो प्यासेफिक क्षेत्रलाई सुरक्षाको मुख्य प्राथमिकतामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण