प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक
मङ्गलबार, २४ पुस २०८०, १७ : २०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ५ बजेपछि बस्ने गरी बोलाएको गठबन्धनका एक नेताले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि सोही विषयमा छलफल गर्न बैठक बोलाएको ती नेताको भनाइ छ ।
गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभाका १९ पदका लागि ११ माघमा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो