पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आह्वान गरेको कविता प्रतियोगिताको विजेता छनौट
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगिताको विजेता छनोट गरेको छ ।
देश विदेशका ३०५ जना सर्जकबाट रचनाहरू प्राप्त भएको पार्टीले जानकारी दिएको छ। उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरू विश्वविमोहन श्रेष्ठ, डा नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए ।
निर्णायक मण्डलबाट छनौट गरिएका कविता प्रतियोगिताका विजेताहरूमा उमेश पुन मगरको देशभित्र देखेको देश पहिलो, सुभाष खनालको पृथ्वीनारायण दोस्रो, सिजन श्रेष्ठको पृथ्वीको यात्रामा पृथ्वी तृतीय, अविरल डिसीको बाँचौँ नेपाली बनी, निरुता बुढाथोकीको ए मेरा सन्तति हो र प्रवीण अधिकारीको बडामहाराजलाई पत्रले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
विजेता कविहरूलाई प्रथम पुरस्कार बापत रु एक लाख, द्वितीय पुरस्कार बापत रु पचास हजार, तृतीय पुरस्कार बापत रु २५ हजार र तीन जना प्रत्येकलाई प्रोत्साहन पुरस्कार बापत रु दश हजार का दरले आगामी पौष २७ गते काठमाडौँको भृकुटीमण्डपमा हुने जलपान समारोहका बिच पुरस्कृत गरिनेछ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण