भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय परराष्ट्रमन्त्री नेपाल आएका बेला भएका सम्झौताबारे धेरै तनाव लिनुपर्ने अवस्था नरहेको प्रस्टीकरण दिएका छन् । बुधवार संसद्को कानुन समितिकाे बैठकमा नेपाल-भारत सम्झौताबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले चाहेको बेला यस्ता सम्झौताहरू गर्न सक्ने प्रस्ट पारे ।
‘त्यसकारण यो परिस्थितिमा यो सम्झौताबारे धेरै तनाव लिनुपर्ने स्थिति छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले हालै भारतसँग भएको सम्झौतामा भारतलाई एकपक्षीय आयोजना छनोट गर्ने अधिकार समेत नभएको बताए ।
भारतीय विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सिधै समुदायमा सञ्चालन गर्न सक्ने लगायतका चार बुँदे सम्झौताको आलोचना भएपछि प्रधानमन्त्रीले प्रस्ट पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण