पूर्व अलराउन्डर आन्द्रे एडम्स न्युजिल्यान्डको बलिङ प्रशिक्षक
काठमाडौँ । न्युजिल्यान्ड क्रिकेटले पूर्वअलराउन्डर आन्द्रे एडम्सलाई राष्ट्रिय टोलीको बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । निकट भविष्यमा घरेलु मैदानमा खेलिने पाकिस्तानविरुद्धको पाँचवटा खेलको टी–२० शृंखलामा एडम्सले बलिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।
न्युजिल्यान्ड क्रिकेट टोलीको प्रमुख प्रशिक्षक भने ग्यारी स्टेड हुन् । ४८ वर्षिय एडम्सले स्टेडसँगै मिलेर आफ्नो जिम्मेबारी निर्वाह गर्नेछन् । एडम्स न्युजिल्यान्डका प्रभावशाली पूर्वक्रिकेटर हुन् । उनले देशका लागि तीनवटै ढाँचाको क्रिकेट खेलेका थिए ।
दायाँहाते मध्यमतेज गतिका बलर एडम्सले देशका लागि एउटामात्र टेस्ट खेलेका थिए । उनले एक टेस्टको दुई पालीमा कुल ६ विकेट लिएका थिए । उनले एकदिवसीय क्रिकेटको ४० पालीमा ५३ विकेट हात पारेका थिए ।
यसका अतिरिक्त टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले चार खेल खेल्दै तीन विकेट लिएका थिए । उनले इङ्ल्यान्डका विभिन्न क्लबबाट काउन्टी क्रिकेट पनि खेलेका थिए । उनले सन् २०१५ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए ।
राष्ट्रिय टोलीबाट भने उनले त्यसअघि नै खेल्न छोडिसकेका थिए । उनले अस्ट्रेलियन क्लब न्यु साउथ वेल्समा पनि बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । मिचेल स्टार्ककको क्षमता तिखार्न पनि उनको भूमिका महत्वपूर्ण रहेको थियो । यसका अतिरिक्त एडम्सले न्युजिल्यान्डको महिला टोलीमा पनि बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण