सीआईबी पुगे बम्जनका समर्थक, पूर्वराज्यमन्त्रीले भेटिन् ‘लिटिल बुद्ध’ (तस्बिरहरु)

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)द्वारा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु सीआईबीको महाराजगन्जस्थित कार्यालयमा भेला भएका छन् । करिब ४०–५० जनाको संख्यामा समर्थकहरु सीआईबीको कार्यालयबाहिर भेला भएका हुन् ।
यद्यपि समर्थकहरुलाई प्रहरीले भित्र प्रवेश दिएको छैन । बाहिरै समर्थकहरु चुपचाप बसिरहेको रातोपाटीकर्मी राजेश भण्डारीले जानकारी दिए ।तर, पूर्वराज्यमन्त्री समेत रहेकी यशोदा लामाले भने बम्जनसँग भेट गरेकी छन् । बुधबार बिहान सीआईबी पुगेर उनले बम्जनसँग भेट गरेकी हुन् ।
ब्युरोले आफूलाई लिटिल बुद्धको रुपमा समेत चिनाउने बम्जन पक्राउ परेकोबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले बुधबार दिउँसो एक बजे महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको जानकारी दिए ।
बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको छ । वारेन्ट भएको झण्डै ४ वर्षपछि उनी पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै