सीआईबी पुगे बम्जनका समर्थक, पूर्वराज्यमन्त्रीले भेटिन् ‘लिटिल बुद्ध’ (तस्बिरहरु)
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)द्वारा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु सीआईबीको महाराजगन्जस्थित कार्यालयमा भेला भएका छन् । करिब ४०–५० जनाको संख्यामा समर्थकहरु सीआईबीको कार्यालयबाहिर भेला भएका हुन् ।
यद्यपि समर्थकहरुलाई प्रहरीले भित्र प्रवेश दिएको छैन । बाहिरै समर्थकहरु चुपचाप बसिरहेको रातोपाटीकर्मी राजेश भण्डारीले जानकारी दिए ।तर, पूर्वराज्यमन्त्री समेत रहेकी यशोदा लामाले भने बम्जनसँग भेट गरेकी छन् । बुधबार बिहान सीआईबी पुगेर उनले बम्जनसँग भेट गरेकी हुन् ।
ब्युरोले आफूलाई लिटिल बुद्धको रुपमा समेत चिनाउने बम्जन पक्राउ परेकोबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले बुधबार दिउँसो एक बजे महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको जानकारी दिए ।
बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको छ । वारेन्ट भएको झण्डै ४ वर्षपछि उनी पक्राउ परेका हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण