बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

वार्नरको स्थानमा स्मिथ ओपनर हुने, एकदिवसीयमा पनि कमाण्ड सम्हाल्ने

बुधबार, २५ पुस २०८०, १२ : ५९
बुधबार, २५ पुस २०८०

सिड्नी । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ । एकदिवसीय टेस्टबाट सन्यास लिएका डेभिड वार्नरको स्थानमा स्टिभ स्मिथ टेस्टमा ओपनिङमा देखिनेछन् । उनले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय टोलीको नेतृत्व पनि सम्हाल्नेछन् ।

ब्याकअप ओपनरका रूपमा म्याट रेन्सले पनि टेस्ट टोलीमा स्थान पाएका छन् । नियमित कप्तान प्याट कमिन्सले एकदिवसीय सिरिज खेल्ने छैनन् । उनलाई सिरिजबाट आराम दिइएको छ । टोलीले डिसेम्बर १७ बाट घरेलु मैदानमा वेस्ट इन्डिजसँग २ टेस्टको सिरिजको पहिलो खेल खेल्नेछ ।

  • स्मिथ पहिलो पटक ओपनर हुनेछन्

स्मिथले पहिलो पटक टेस्टमा ओपनिङ गर्ने छन् । मुख्य चयनकर्ता जर्ज बेलीले डेभिड वार्नरको स्थानमा स्मिथ ओपनिङ गर्ने पुष्टि गरेका छन् । उनले उस्मान ख्वाजालाई साथ दिनेछन् । 

तीनवटै फर्म्याटमा अस्ट्रेलियाको कप्तानी गरेका स्मिथले हालसम्म १०५ टेस्ट खेलिसकेका छन् । तर एकपटक पनि ओपन गर्ने मौका पाएका थिएनन् । 

स्मिथले टोली घोषणा हुनुअघि नै टेस्ट ढाँचामा ओपनिङ गर्न चासो देखाएका थिए । पाकिस्तानविरुद्धको सिड्नी टेस्टअघि स्मिथले आफू ओपनिङ गर्न चाहेको बताएका थिए । तर, टोलीका कप्तान प्याट कमिन्स भने स्मिथलाई मध्यक्रमबाट हटाउने पक्षमा थिएनन् । किनभने स्मिथ सन् २०१३ देखि लगातार चौथो नम्बरमा ब्याटिङ गरिरहेका थिए ।

  • स्मिथले एकदिवसीयमा पनि कप्तानी गर्नेछन्, कमिन्सलाई विश्राम

कप्तान प्याट कमिन्सलाई वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजमा आराम दिइएको छ । उनीहरुसँगै मिचेल स्टार्क, जोस हेजलवुड र मिचेल मार्सले पनि एकदिवसीय सिरिज खेल्ने छैनन् । यस अवधिमा स्टिभ स्मिथले टोलीको कप्तानी गर्नेछन्।

टोलीमा फास्ट बलर लान्स मोरिस, जाय रिचर्डसन, आरोन हार्डी, म्याट सर्ट र नाथन एलिसलाई मौका दिइएको छ । जबकि मार्कस स्टोइनिस बाहिरिएका छन् ।

  • अस्ट्रेलियाको टोली

 टेस्टका लागि: प्याट कमिन्स (कप्तान), उस्मान ख्वाजा, म्याट रेन्शा, मार्नस लाबुस्चेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, एलेक्स केरी, नाथन लियोन, मिचेल स्टार्क, जोस हेजलवुड, स्कट बोल्याण्ड र क्यामरुन ग्रीन।

एकदिवसीय टोली: स्टिभ स्मिथ (कप्तान), शन एबोट, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, ट्राभिस हेड, जोस इङ्लिस, मार्नस लाबुसचेन, ग्लेन म्याक्सवेल, लान्स मोरिस, जाय रिचर्डसन, म्याट शर्ट र एडम जाम्पा।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप