शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक (तस्बिरहरु)

बुधबार, २५ पुस २०८०, १४ : १०
बुधबार, २५ पुस २०८०

 काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो । 

मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ । 

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध यौन शोषणको उजुरी दिएकी थिइन् ।  बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो ।

ram-bamjan (1)  

यसैगरी प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६–१०–२४ पत्राचार गरेकामा  खोजतलासका क्रममा बुधबार मात्रै झण्डै अर्थात ४ वर्षपछि पक्राउ गर्न सकिएको सीआईबीको भनाइ छ । 

बम्जनको खोजतलास गर्ने क्रममा मंगलबार  करिव १९ः १५ बजे  पक्राउ गर्न घरमा प्रवेश गर्दा  उनी झ्यालबाट भाग्ने प्रयास गरेका थिए ।  भाग्ने क्रममा ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ram-bamjan (2)ram-bamjan (3)ram-bamjan (4)ram-bamjan (5)ram-bamjan (6)ram-bamjan (7)

ram-bamjan (2)ram-bamjan (3)

d152af46-c4fd-471b-b047-d5d805c2d1a4a4a7d470-f0f9-4e94-9932-acfe8cd2c1f5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप