दीपकराज गिरीको प्रश्न : जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?
बुधबार, २५ पुस २०८०, १४ : १४
काठमाडौँ । मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंगलबार पक्राउ गरेको हो ।
बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् । उनले ‘जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ भनेर प्रश्न उठाएका छन् । उनले भोगी भनेर कसलाई भन्न खोजेको हो त्यो भने खुलाएको छैनन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पैसा कहाँ गयो ? पैसा कहाँ गयो ? अर्थविद्हरू चिन्ता गर्दथे क्यार । जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ? ।
गिरी समसामयिक विषयमा टीकाटिप्पणी गर्न माहिर छन् । देशको राजनीतिकदेखि प्राय सबै विषयमा उनले गर्ने टिप्पणी चोटिलो हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण