एलजीले लन्च गर्यो पारदर्शी टिभी
लास भेगास । टिभीको संसारमा विगत १०–२० वर्षयता निकै धेरै परिवर्तन देख्न पाइएको छ । टिभीको रंगरुप पूरै फेरिएको छ । टिभीको मोटोपना घट्दै गइरहेको छ । हरेक वर्ष टिभी मसिनो हुँदै गएको छ । अब त हुँदा हुँदा आरपार देख्न सकिने पारदर्शी टिभी आएको छ ।
अमेरिकाको लास भेगासमा कञ्जुमर इलेक्ट्रोनिक शो (सीईएस) २०२४ चलिरहेको छ । शोको पहिलो दिन दक्षिण कोरियाली विद्युतीय उपकरण निर्माता कम्पनी एलजीले नयाँ टिभी लन्च गरेको छ । यो टिभी आफैँमा अचम्मको छ । सीईएसमा हरेक वर्ष कम्पनीहरूले टिभी लन्च गर्छन् । तर यस पटक एलजीले ल्याएको टिभीमा केही खास छ । कम्पनीले लन्च गरेको टिभी परम्परागत खालको छैन । पारदर्शी अर्थात् आरपार देख्न सकिन्छ । यो टिभीको नाम सिग्नेचर ओलईटी टी रहेको छ ।
सीईएसमा एलजीले एम र जी सिरिजलाई अपडेट गर्नुको साथै आफ्नो पहिलो वायरलेस ट्रान्सपारेन्ट ओएलईडी टिभी पनि ल्याएको छ । यो टिभीमा फोरके रिजोलुशन र एलजीको वायरलेस अडियो–भिडियो छ । टिभीमा एउटा कन्ट्रास्ट स्क्रिन दिइएको छ । यसलाई एउटा बक्समा बेरेर राख्न सकिन्छ । एउटा बटनले स्क्रिनलाई बाहिर भित्र गर्न सकिन्छ । यो ओएलईडी टिभीमा लेटेस्ट अल्फा ११ एआई प्रोसेर जडान गरिएको छ । पछिल्लो पुस्ताको तुलनामा यसले ४ गुणा राम्रोसँग पफर्मेन्स गर्न सक्ने बताइएको छ ।
ओएलईडी टी कम्पनीको जिरो कनेक्ट बक्सको साथमा आउँछ । यो बक्सले भिडियो र अडियोलाई वायरलेस तरिकाले टिभीमा पठाउँछ । एलजीले अहिले यो टिभीको मूल्य सार्वजनिक गरेको छैन । टिभी कहिलेदेखि विक्रीका लागि उपलब्ध हुन्छ भनेर पनि कम्पनीले केही भनेको छैन । सीईएस २०२४ मा दक्षिण कोरियाली कम्पनी सामसङले पनि ट्रान्सपारेन्ट टिभी ल्याउने घोषणा गरेको छ । कम्पनीले शोमा पारदर्शी डिस्प्ले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण