तरलता बढेपछि लगातार तेस्रो दिन बढ्यो नेप्से परिसूचक
काठमाडौँ । उच्च अंकको वृद्धिसँगै कारोबार सुरु भएको नेप्से परिसूचक अन्तिम समयमा ‘करेक्सन’ हुँदै बन्द भएको छ । २०८४ अंकबाट सुरु भएको परिसूचक कारोबार अवधिमा २११५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा करेक्सन आउँदै २०८९ अंकमा पुगेर रोकिएको हो ।
परिसूचक ९.५० अंकले बढ्दा ११८ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यस्तै, ११८ वटै कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा आज ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त र हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा भने १० प्रतिशतको वृद्धि आएको छ । यसबाहेक, थप ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, आज छिमेक लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले घटेको छ ।
परिसूचक बढेपनि कारोबारमा आएका १३ मध्ये ७ समूहको सूचक घटेको छ । निर्जीवन बीमा समूह १५, जीवन बीमा समूह २८, लगानी समूह ०.५२ र जलविद्युत समूहमा १२ अंकको गिरावट आएको छ । यस्तै, होटल र पर्यटन समूह ४८ अंक, वित्त १.९० अंक र विकास बैंक समूह १९ अंकले घटेको छ ।
यसबाहेक ६ समूहमा भने सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहमा ६६ अंकको वृद्धि देखिएको छ । यस्तै, लघुवित्त ३७ अंक र अन्य समूह ३४ अंकले बढ्दा बैंक समूह १३ अंकले बढेको छ । बजारमा पर्याप्त तरलता बढेपछि परिसूचक योसहित लगातार तेस्रो दिन बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण