सरकारले जनताको अपेक्षा अनुरूप काम गरेको छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वर्तमान व्यवस्थामा विकास निर्माणको काममा प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । बुधबार आफू नेतृत्वको सरकारले एक वर्ष अवधि पुरा भएको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले नागरिकको सेवा प्रवाह र विकास निर्माणका काममा उल्लेख्य प्रगति गरेको बताएका हुन् ।
प्रदेश सरकारले जनताको अपेक्षा र चाहना अनुरूप काम गरेको उनले बताए । प्रदेश सरकारले नागरिकहरुको आवश्यकताका आधारमा सहज सेवा प्रवाह, गुणस्तरीय शिक्षा, स्वास्थ्यको पहुँच, पूर्वाधार तथा कृषि उत्पादन र उद्यमशीलतामा लथानी बढाएर काम गरेको उनको भनाई छ ।
‘जनअपेक्षा अनुसार परिणाम देखिने गरी काम गरिरहेका छौँ । नागरिकको शिक्षा स्वास्थ्य र पूर्वाधार विकासमा पहुँच वृद्धि हुनुका साथै सहज सेवा तथा उत्पादन उद्यमशीलता वृद्धि गर्न प्रदेश सरकारले लगानी बढाएर काम गरिरहेको छ,’ उनले भने, ‘संघीय शासन व्यवस्थामा विकास पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्नेका प्रदेश सरकारले गरेको छ । संघ र स्थानीय तहसँगको समन्वयमा शासन प्रणाली र विकासका कामलाई गति दिने प्रयास प्रदेश सरकारले गरेको छ ।’
संविधानमा व्यवस्था भएअनुसारको अधिकारहरु संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारहरुलाई प्राप्त हुने चरणमा रहेको उनले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३० प्रतिशतसम्म खर्च घटाउने योजना बनाएकोमा हाल क्रमिक रुपमा सो योजना प्रगति हासिल भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । राज्य पुनःसंरचनापछि प्रदेश सरकारका सेवा नागरिकहरुमा सहज रुपमा पुर्याउने उद्देश्य अनुसार १३ जिल्लामा सेवा कार्यालयहरु खेल्ने काम भएको उनले बताए । संघीयतापछि जिल्लाहरुमा कार्यालय नहुँदा प्रदेश सरकारको सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने भएकाले कार्यालय खुलेसँगै नागरिकहरुले सहजै सेवा लिन सक्ने अवस्था बनेको उनको भनाई छ ।
५ वर्षे कार्यकालको सरकारको नेतृत्व परिवर्तन भएपनि विकास निर्माण र सेवा प्रवाहको काममा एकरुपता कायम गर्न प्रदेश सरकारले नीतिगत सुधारको योजना अघि बढाएको उनले बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधार र लगानीलाई संस्थागत गर्न आवासीय विद्यालयको मोडलमा काम गर्नेगरी योजना बनाएको मुख्यमन्त्री जम्कट्टेलले बताए । बहुससंख्यक किसानहरुको बसोबास रहेको बागमती प्रदेशमा कृषकहरुबिच समानता कायम गर्ने र कृषि क्षेत्रको लगानी संस्थागत गर्न समुदायमा आधारित कृषि उत्पादन तथा अनुदान मोडलमा जाने गरी काम भइरहेको उनले बताए । सोही अनुसार प्रदेश सरकारले ८५ पालिकामा विशेष उत्पादन क्षेत्र घोषणाकाे तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण