जीवनका रङ
चोट र पीडाभित्र पनि त जीवन छ
जिएर त हेर,
सङ्घर्षभित्र नै छ सफलता,
प्रयास गरेर त हेर ।
कालो रातपछि नै आउँँछ सुन्दर
सुनौलो बिहानी,
पहराको गुप्त चट्टानभित्रबाटै
बहेको छ, कलकल झरनाको
शुद्ध पानी ।
आकाश गङ्गाको गडगडाहटबाट सृजना हुन्छ
इन्द्रेणी,
धर्तीको गहिराइबाट नै सिर्जना हुन्छ
सुन्दर सरोवर रानी ।
आँखाको अश्रुधारा पुछेर त हेर
संसार छ कति सुन्दर
मनको बह भुलाएर त हेर सूर्यास्तपछिको
सूर्योदयको सुनौला लहर ।
बाँच्नका लागि मुस्कुराऊ
मुस्कुराउनका लागि कर्म गर
जीवनले दिएको रङलाई बुझ्न
अन्तिम पटक पुनः कोसिस गर ।
शून्यतामा जीवनको रङ छ
हारेर उठ्ने मनलाई सोध
अदृश्य कणमा सृष्टि अडेको छ
अदृश्य जीवन्त रक्त केषिकालाई सोध ।
शून्य भावबाट विराट् विचारको रचना हुन्छ
पीडाका गहिराइमा नयाँ जीवनको आशा हुन्छ,
सानो तरङ्गले विशाल तलाउ हल्लाउन सक्छ
सानो आशाले जीवन्त सपना सजाउन सक्छ ।
सङ्घर्ष र जीवन प्राणीका पर्याय
सुख र दुःख हुन् एकआपसका सहायक,
सूर्यास्त नभई सूर्योदय हुन्छ कहाँ ?
प्यासपछिको पानी पो अमृत बन्छ त्यहाँ ।
बिज अङ्कुराउन धर्ती फाट्नु पर्छ,
घना वृक्ष बनिदिन सयौँ दिन घाम, पानी,
असिना, हुरी सहनु पर्छ,
सुन्दर पुष्पबाटिका निर्माण हुन पनि
चट्टानका रङहरू माटोमा परिणत हुनु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण