शरीरमा पानीसँगै घुलिरहेका छन् प्लास्टिकका लाखौं कण
काठमाडौँ । विश्वभरमा बोतलमा बन्द पानी पिउने चलन तीव्र गतिमा बढिरहेको छ । कतै घुम्न जाँदा होस् वा घर बाहिर भएको बेलामा हामी हरेक दिन प्लास्टिकको बोतलको पानी पिइरहेका छौँ । पछिल्लो समय घर अनि कार्यालयमा समेत हामीमध्ये अधिकांशले जारको पानी खाइरहेका छौँ । हाम्रो यो बानी स्वास्थ्यको लागि निकै खतरनाक बनिरहेको छ ।
एक लिटर पानीको बोतलमा करिब २ लाख ४० हजार न्यानो प्लास्टिकका टुक्रा हुने हालै एउटा अध्ययनमा खुलासा भएको छ । जसलाई हामी हाम्रो नाङ्गो आँखाले देख्न सक्दैनौँ । यी कण यति साना हुन्छन् कि मान्छेको रगतमा पनि छिर्न सक्छ । यो अध्ययनको प्रतिवेदन प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको थियो । प्लास्टिकको बोतलमा पिइने पानीमा प्लास्टिकको निकै साना कण हुने र यो हाम्रो शरीरको कोश र रक्त प्रणालीमा घुसेर अंगहरुलाई क्षति पुर्याउन सक्ने अनुसन्धानकर्ता वैज्ञानिकको दाबी थियो ।
यति मात्रै कहाँ हो र ? प्लास्टिकका यी कणहरु गर्भमा रहेको बच्चाको शरीरभित्र पनि छिर्न सक्ने बताइएको छ । यसबाट गर्भमा रहेको बच्चाको ज्यानलाई पनि खतरा हुन सक्ने अनुसन्धानकर्ताहरुको दाबी छ । प्लास्टिकको यो कण हाम्रो कपालको चौडाइको १७ भागको एक भागभन्दा पनि सानो हुन्छन् । नाङ्गो आँखाले यिनलाई देख्न सकिँदैन । प्लास्टिकको बोतलमा २ लाखभन्दा धेरै कणहरु भएपनि नदेखिनुको कारण पनि यही हो । बोतलमा बन्द भएर आउने पानी स्वास्थ्यको लागि निकै खतरनाक भएको यो अध्ययनको आधारमा भन्न सकिन्छ । यस्तो पानी पिउँदा हाम्रो शरीरभित्र लाखौँको संख्यामा प्लास्टिकको करण छिर्न सक्छ ।
यो अध्ययन कोलम्बिया विश्वविद्यालय र रटगर्स विश्वविद्यालयका सोधकर्ताहरुले गरेका हुन् । यसअघि भएका अध्ययनहरुमा पनि पानीको बोतलमा न्यानो प्लाष्टिक हुने कुरा आइसकेको थियो । तर प्लास्टिकको मात्रा कति हुन्छ भन्नेबारे चाँहि थाहा भएको थिए । प्लाष्टिक प्रदूषण पृथ्वीको हरेक स्थानमा पाइन्छ । तर वैज्ञानिकहरुको विशेष रुची भने बोतलमा बन्द भएर आउने पानीमा छ । यसको कारण मानव शरीरमा प्लास्टिकको कण छिर्न सक्ने क्षमता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण