हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने
काठमाडौं । हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश वटा शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो ।
हाम्रो पेका अनुसार यस्तो क्यासब्याक अफर १० प्रतिशत रहेको छ, जुन बढीमा २०० रुपैयाँसम्म हुनेछ । केही सातासम्म लागु हुने गरी ल्याइएको यो अफर प्राप्त गर्न हाम्रो पे वालेटमा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ ।
हिमालयन जाभाका ठमेल, मण्डला, सिभिल मल, मार्कोपोलो, सुनाकोठी, बीएण्डबी, कुलेश्वर र नक्सालका आउटलेटमा यो अफरको फाइदा लिन सकिने बताइएको छ ।
भाटभटेनीमा समेत यतिखेर हाम्रो पेको स्पिन एन्ड विन (Spin and Win) अफर समेत चलिरहेको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले प्रत्यक भुक्तानीमा १०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।
हाम्रो पे डिजिटल वालेटका लागि छुट्टै एप डाउनलोड गरिरहनु पर्दैन । हाम्रो पात्रो एपभित्रै उक्त डिजिटल वालेटको सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संस्थागतीकरण आयोजनाको सुरु
-
पशुपतिको भेटी चोर्ने ५ कर्मचारीविरुद्ध प्रहरीले थाल्यो अनुसन्धान
-
क्रुसले युरोपछि व्यावसायिक फुटबलबाट संन्यास लिने
-
सात सांसदलाई विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी गराएकोमा जसपा नेपालको आपत्ति
-
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, तस्बिरहरु
-
प्रधानमन्त्रीको विश्वासको मतमा सर्वोच्च अदालतले उठायो प्रश्न, जेठ १० सुनुवाइका लागि पेशी तोकियो