दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
काठमाडौँ । शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमा फोर्स रिजर्भ बटालियनको रूपमा कार्यरत नेपाली शान्ति सेनाको अदलीबदली गरिएको छ । श्री वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाको कार्यकाल सम्पन्न भएकोले उक्त गणको बदलामा श्री अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फाका २१२ जना शान्ति सैनिकहरू पठाइएको हो ।
पुस २५ गते सेनानी लाल बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान मार्फत काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ । गणपति प्रमुख सेनानी महेश्वर सिल्वालको नेतृत्वमा रहेको सो गणका ६३८ जना शान्ति सैनिकहरू यस अगावै मिसन इलाकामा तैनाथ भई सकेका छन् ।
यस्तै, सो मिसनमा कार्यकाल पुरा गरेको श्री वीरदल गण (शान्ति सेना) नवौँ डफ्फाका २२२ जना शान्ति सैनिकहरू गणपति प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा पुस २४ गते स्वदेश फर्किएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमान्डर १, सैनिक पर्यवेक्षक १३, स्टाफ अधिकृत ४६ र दुईवटा गण तथा एउटा गुल्ममा १६९९ गरी कुल १७५९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण