शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

बुधबार, २५ पुस २०८०, १८ : ००
बुधबार, २५ पुस २०८०

काठमाडौँ । नेकपा माओवादीका नेता प्रकाश दाहालको स्मृतिमा आयोजना भएको प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० बुधबारबाट सुरु भएको छ । स्पोर्टस् हव नेपाल प्रा.लि.को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि घिसिङले परिवर्तनका संवाहक प्रकाश दाहालको स्मृतिमा प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । ब्याडमिन्टन आम नागरिक र सबै समूहको साझा खेल भएको भन्दै ब्याडमिन्टनको जग सवैतिर फिँजिएको बताए । उनले ब्याडमिन्टन खेलको विकासका लागि व्यावसायिक लिग प्रतियोगिताको आवश्यकता रहेको औँल्याए ।

हवका सञ्चालक अश्मेल (अखिल) शाहीको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि पूर्व मन्त्री एवं नेकपा माओवादीकी नेतृ विना मगरले परिवर्तनको संवाहक प्रकाश दाहाललाई ब्याडमिन्टनसँग जोडेकोमा आयोजकलाई धन्यवाद दिँदै यस प्रतियोगिताले निरन्तरता प्राप्त गर्न सफल होस् भन्दै प्रतियोगिताको सफलताको शुभकामना प्रदान गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप