झिल्टुङ क्रस कन्ट्री दौड माघ ६ मा
काठमाडौँ । झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ ।
प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा÷छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा÷ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमा समूह गरी १० विधा समेटिएको छ । तीमध्ये खुला महिला÷ पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ ।
प्रतियोगिता आयोजक वडा–५ स्थितकोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, , सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्चीबाटो रहेको छ । खुला महिला÷पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय खुलातर्फको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ । भेट्रान खुला पुरुषतर्फmका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन् ।
खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्फmका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ । स्थानीय आमा समूहतर्फmको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण