शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र पुलिस क्लब फाइनलमा

बुधबार, २५ पुस २०८०, २२ : ३०
बुधबार, २५ पुस २०८०

कर्णाली । एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

दुवै टोली बिहीबार उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० सेटले नै पराजित गरेको हो ।

आर्मी र गण्डकीबीच तेस्रो स्थानका लागि बिहीबार नै खेल हुनेछ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समेत सहभागी भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप