श्रमिकको हित विपरीत हुने गरी श्रम मन्त्रालयले निर्णय गरेको भन्दै सांसद अर्यालको आपत्ति
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डीपी अर्यालले श्रमिकको हित विपरीत हुने गरी श्रम मन्त्रालयले निर्णयहरू गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हित विपरीत हुने गरी विभिन्न निर्णयहरू गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले समितिमा ती विषयमा नीतिगत छलफल हुनुपर्ने भन्दै प्रस्ताव समेत दर्ता गराएका थिए । सोही आधारमा आजको समिति बैठकमा श्रममन्त्री शरतसिंह भण्डारीलाई जवाफको लागि बोलाइएको थियो । उक्त क्रममा पूर्व श्रममन्त्री समेत रहेको अर्यालले श्रम मन्त्रालयका विभिन्न ६ वटा विषयमा प्रश्न उठाएका हुन् ।
उनले प्रति कामदार ४५ अमेरिकी डलर उठाउने गरी मलेसियाको एक निजी कम्पनीसँग गरिएको सम्झौता, श्रम मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरणको तालिम शुल्क वृद्धि, कामदारका लागि अङ्ग्रेजी भाषा अनिवार्य गरेको विषय, कोरियामा पोष्टपेड सिम अनिवार्य गर्न लागिएको विषय, ई–७ भिसामा कोरिया पठाउन पैसा उठाउन थालिएको विषय र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सफ्टवेयर खरिदका लागि प्रयोग गर्न लागिएको विषयमा प्रश्न उठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण