बहुबिवाह मुद्दामा फरार रहेकी एक महिला पक्राउ
बिहीबार, २६ पुस २०८०, २१ : १६
काठमाडौँ । झापाबाट बहुबिवाह मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार झापाको हल्दीबारी गाउँपालिका २ घर भई हाल भद्रपुर नगरपालिका ७ बस्ने २६ वर्षीय संगीता पुरीलाई पक्राउ गरेको हो ।
पुरीमाथि २०८० जेठ ४ गते जिल्ला अदालत झापाले बहुबिवाह मुद्दामा २ वर्ष कैद, २० हजार जरिवाना र ८ सय क्षतिपूर्ति शुल्कको फैसला गरेको थियो । सो फैसलालगत्तै फरार रहेकी उनलाई प्रहरीले ७ महिनापछि बिहीबार पक्राउ गरेको हो ।
पुरीलाई फैसला कार्यान्वयनका निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशमा कैद भुक्तानका लागि जिल्ला कारागार झापा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण